गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाले सूचना निकालेर निर्वाचन स्थतगित गर्नु षडयन्त्र भएको प्रेस चौतारी नेपाल, गोरखा शाखाले भनेको छ । पर्सी (शुक्रबार) हुने निर्वाचन स्थगित भएको सूचना मध्यान्न जारी गरे लगत्तै चौतारीले प्रेस विज्ञप्ती जारी गर्दै षडयन्त्र भएको भनेको हो ।
केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज किरण लोहनी र जिल्ला अध्यक्ष सुजन न्यौपाले संयुत्त हस्ताक्षर गरेर जारी गरेको बिज्ञप्तीमा ‘गोरखामा निर्वाचन समिति गठन नगरिनु र मनोनयनका दिन दिउसोँ मात्र शाखाकै तर्फबाट निर्वाचन स्थगित गरिएको आकस्मीक बिज्ञप्ती प्रकाशित हुनु षडयन्त्र बाहेक केही हुन सक्दैन’ भनेको छ ।
नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरी सापकोटा र सचिव बिकास मरहट्टाले हस्ताक्षर गरी जिल्ला निर्वाचन स्थगित भएको सूचना जारी गरे लगत्तै प्रेस चौतारी गोरखाले ‘नेपाल प्रेस युनियनलाई केन्द्रिय सहिमति कार्यान्वयन गर्न तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई तत्काल निर्वाचन समिति गठन गरि निर्वाचन प्रक्रिया अघि बढाउन’ समेत बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
केन्द्रिय सहमती अनुसार युनियन र चौतारीले देशैभर चुनावमा गठबन्धन गरेका थिए । गठबन्धन विपरीत कार्य गरेको भन्दै चौतारीले ‘केन्द्रिय गठबन्धन अनुसार जिल्ला कार्य समिति गठन गर्न पनि हामी प्रतिबद्व हुदाहुदै हाम्रो प्रतिबद्वता उपर आशंका गरिएको’ भनिएको छ ।
चौतारीले जारी गरेको विज्ञप्तीमा ‘हामी सदस्यता सुद्विकरणको मापदण्डमा दृढ हुदाहुदै उल्टै कार्य समिति सदस्य समेत रहेका हाम्रो संगठनका सदस्यकै सदस्यता नविकरण सिफारीस नहुनु जस्ता कुराले हामी अच्मित छौ’ समेत भनेको छ । चौतारीबाट कार्य समितिमा सदस्य रहेको उद्वव कुमालको सदस्यता जिल्ला शाखाले सिफारीस नगरेको चौतारीको आरोप रहेको छ ।




