साँकेतिक तस्बिर
गोरखा । जुवातास खेलेको आरोपमा राजधानीको गोंगबुबाट गोरखाका १ जना सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गोरखा घर भएका ४९ बर्षिय खड्गबहादुर अधिकारी सहित ९ जनालाई टोखा नगरपालिका–१० गोंगबु गणेशस्थानको मिहिर श्रेष्ठको घरबाट पक्राउ गरेको हो ।
प्रहरी बित्त महाराजगंजबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट प्रहरीले ५० हजार नेपाली रुपैयाँ सहित ७०० अमेरिकी डलर ४ बुक तास बरामद भएको प्रहरी बित्त महाराजगंजले जनाएको छ ।
पक्राउ परेका बिरुद्व आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।


