गोरखा । गोरखाको उत्तरी क्षेत्रमा पहिलो पटक घोडा र खच्चडलाई निःशुल्क बन्ध्याकरण गरीएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाको आयोजनामा जिल्लामा नै पहिलो पटक बन्ध्याकरण गरिएको हो ।
चुमनुब्री गाउँपालिका–३ र ४ अर्थात सिर्दीबास र प्रोकमा घोडा र खच्चडको निःशुल्क बन्ध्याकरण शिविरको आयोजना गरीएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले जनाएको छ ।
हालै आयोजना गरीएको शिविरबाट २९२ वटा घोडा र खच्चडको उपचार गरिएको छ । शिविरमा घोडा र खच्चडलाइ लागेको चोट पटक, लङ्गडोपना, संक्रमणका समस्या देखिएका त्यस्ता घोडा खच्चडलाई रेबिज र टिटानस बिरुद्वको खोप समेत लगाइएको छ ।
सोही शिविरमा घोडा र खच्चडको खुर काट्ने र परजीवी बिरुद्व औषधी उपचार गरीएको केन्द्रले जानकारी दिएको छ । शिविरमा एनिमल नेपालका समूह समेत सहभागि भएका थिए ।
उत्तरी गोरखामा अत्यावश्यक सामानको ढुवानी गर्दे स्थानियहरुको जिवनयापनमा सहजता ल्याउने त्यस्ता जनावरहरुको त्यस क्षेत्रमा आयोजना गरीएको यो शिविर नै पहिलो हो ।


