प्रतिकात्मक तस्बिर
गोरखा । गोरखा सदरमुकामका २ जना युवकलाई लागूऔषध सहित प्रहरीले अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ घर भएका ३० बर्षका समिन जोशी र सलिन श्रेष्ठ भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
पक्राउ परेको दुवैजनाबाट प्रहरीले ३०० ट्याब्लेट ट्रामाडोल, २० एम्पुल डाइजेपाम, २४ एम्पुल फेनारगन र ३८ एम्पुल बुप्रेनुर्फिन प्रहरीले बरामद गरेको छ ।
दुवै जनालाई प्रहरीले नारायणगढदेखी गोरखा तर्फ आउदै गरेको ना. ५ ख ३१४ नम्बरको बसलाइ चेकजाँच गर्ने क्रममा उक्त सामाग्री फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका दुवै जना बिरुद्व प्रहरीले लागूऔषध मुद्वा दर्तागरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।



