×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

शारिरिक सम्बन्ध राख्न नमानेपछी गोरखा बारपाककी सुचिनाको हत्या

  •  गोरखा समाचार
  • मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा बारपाककी सुचिना घलेको हत्या आरोपमा स्थानिय मनशम्जेर गुरुङलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका गुरुङले शारिरिक सम्बन्ध राख्ने प्रयास गर्दा महिलाले ईन्कार गरेपछी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बाशुदेव पाठकले जानकारी दिए ।

    बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक घर भएका ४२ बर्षका गुरुङले हत्या पूर्व नै महिला संग शारिरीक सम्र्पक गर्न भनेको र नमाने पछी जबरजस्ती गर्ने क्रममा महिलाले गुहार मागेपछी हत्या गरेको देखिएको पनि उनले जानकारी दिए ।

    आरोपितले महिलाको मुखमा गोबर मिसिएको माटो र घाँस मुखमा हालेर हत्या गरेका पनि अनुन्धानबाट देखिएको प्रउ पाठकले बताए ।

    सुचिनाको शव हत्या भएको स्थानभन्दा ५० मिटर माथी रुखको जरामा १ फिट जती गहिरो खाडल खनेर ढोकोमा राखेर स्याउला र माटोले पुरेको अवस्थामा फेला परेको थियो ।

    गएको मंसिर १५ गते घरबाट उत्तर तर्फ रहेको जंगलमा घाँस लिन गएकी सुचिना सोहीदिन देखी सम्र्पक बिहीन भएकी थिइन । उनलाई प्रहरी र स्थानिय तथा उनका आफन्तले खोजबिन गर्दा मंसिर १८ गते दिउसो १ः३० बजे मैखर्क जंगलमा हत्या गरी खाड्लमा पुरेर राखेको अवस्थामा फेला पारीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

    उनका अनुसार घटना स्थलमा हत्या आरोपिले घटना पछी छाडेको उनीको टोपी र कम्ब्याड ड्रेसको क्यापका आधारमा पहिचान गरी नियन्त्रणमा लिइएको थियो ।

    घटनामा अन्य ब्यत्तीहरुको पनि संलग्नता भए नभएको बारेमा अनुसन्धान जारी रहेको पनि सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

    बारपाककै एक निजी स्कुलमा शिक्षक समेत रहेका गुरुङले घटना पछी २ पटकसम्म आत्माहत्या गर्ने प्रयास गरेको र तेस्रो पटक आत्माहत्या गनुपूर्व उनले हातैले लेखेको पत्र समेत प्रहरीले उनकै घरबाट बरामद गरेको छ ।

    मृत्तक सुचिनाको राजधानीको टिचिङ अस्पतालमा भएको फरेन्सिक ल्याबको रिर्पोट अनुसार बलात्कार भएको पुष्टी नभएको पनि प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

    आरोपितलाई आज एक कार्यक्रम बिच जिल्ला प्रहरी कार्यालय भित्रै सार्वजनिक गरिएको हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.