गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले जिल्ला भित्रका सवै पालिकामा तेस्रो सम्मेलनको तयारी थालेको छ ।
स्थानीय तहको उपनिर्वाचनबाट सफलता हात पारेको माओवादी केन्द्रले सवैपालिका उत्साहका साथ सम्मेलनको तयारी सुरु गरेको पार्टीका जिल्ला सचिवत अंकुर तिमिल्सना ‘आयाम’ ले जानकारी दिए ।
पालिका स्तरीय पार्टीलाई थप चलायमान बनाउँदै जनता, नेता र कार्यकर्तामा उत्साह बढाउनका लागि नयाँ नेतृत्व चयन गर्न पालिकास्तरीय सम्मेलनको तयारी थालिएको उनको बताए ।
पार्टीले अहिलेसम्म सवै पालिकाको सम्मेलनको मितिसमेत ठोस गरिसकेको छ । जस अनुसार गोरखा नगरपालिका, पालुङटार नगरपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, गण्डकी गाउँपालिका र सिरानचोक गाउँपालिकामा मंसिर २९ गते गर्ने भएकाे हाे ।
त्यस्तै भीमसेन थापा गाउँपालिका र अजिरकोट गाउँपालिकामा मंसिर २८ गते सम्मेलन गर्न लागिएको सचिव तिमल्सिनाले जानकारी दिए ।
त्यस्तैगरी, शहिद लखन गाउँपालिका मंसिर २६ गते र धार्चे गाउँपालिकामा मंसिर ३० गते सम्मेलन लागिएको हाे ।
जिल्ला भित्रका सवै पालिका कमिटीको बैठक बसेर सम्मेलनको पार्टीले सम्मेलनको मिति तय गरेको माओवादीले जनाएको छ ।
सम्मेलनकै अवसरमा सवै पालिकाहरुमा सरकार बिरुद्ध खबरदारी सभा गर्ने तयारी समेत माओवादी केन्द्रले जनाएकाे छ । खबरदारी सभामा सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्दै जनजागरण अभियानका रुपमा अघि बढाउने कार्यक्रम रहेको पनि केन्द्रले जानकारी दिएकाे छ ।


