गोरखा । गोरखाको पालुङटारमा नाबालिका बलात्कार आरोपमा १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका–४ निवासी धनबहादुर सुनार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार पिडक भनिएका सुनारले १६ बर्षिया नाबालिका ‘झ कुमारी’ लाई मंसिर १७ गते बिहान ५ः४० बजेको समयमा जबरजस्ती करणी गरेको आरोप लागेको हो ।
पिडित नाबालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिए लगत्तै सुनारलाई प्रहरीले मंसिर १८ गते मंगलबार पक्राउ गरी गोरखा सदरमुकाम ल्याएर आज (बुधबार) जबरजस्ती करणी उद्योग कसूर शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
आरोपीत सुनारलाइ प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



