गोरखा । ४ दिनदेखि हराइरहेकी गोरखाको बारपाकी १ युवतीकाे विभत्स रुपमा हत्या भएकाे छ । बारपाक सुलिकोट गाउँपालिका–१, बारपाक घर भएकी युवतीको हिजाे मंगलबार शव जंगलमा गाडेर राखिएकाे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिधकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार मङ्सिर १५ गते शनिबार घरबाट घाँस काट्न भनी जंगलमा गएकी १८ बर्षकी सुचिना घलेको शव गाउँ नजिकैकाे मैखर्क जंगलमा गाडिएको अवस्थामा भेटिएको हाे ।
घाँस लिन गएकी सुचिना जंगलबाट घर नफकिएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी गराएको थियो । प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीको टोली र स्थानियले खोजतलास गर्दा जंगलमा खाल्डो खनी पुरेर राखेकाे अवस्थामा उनको शव फेला पारेको सूचना अधिकारी सुवेदीको बताए ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासंग समन्वय गरी कुकुरसहितको विशेषज्ञको टोली अहिले अनुसन्धानका लागि घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रमुख एवं प्रहरी निरीक्षक बासुदेव पाठकले बताए ।
घटनास्थलमा जिप्रका गोरखाबाट प्रनाउकाे नेतृत्वमा प्रहरीको टोली परिचालन गरिएको उनको जानकारी दिए । घटनास्थल नजिकै डोको, रगत र कपालसमेत भेटिएको उनले बताए ।
प्रहरी घलेकाे हत्या भएकाे अनुमान गरेकाे छ । प्रहरीले विभिन्न काेणबाट अनुसन्धान थालिएकाे भन्दै हत्यारा चाढाे पक्राउ पर्ने प्रउ पाठकले बताए ।



