गोरखा । गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बिष्णुबहादुर रानामगर विजयी भएका छन् । हिजो आइतबार सम्पन्न भएको उपनिर्वाचनमा रानामगरले नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्दी भाइकाजी आलेलाइ पछी पार्दै जित हातपारेको हो ।
राना मगरले ४८६ मत प्राप्त गर्दै निर्वाचित भएको मुख्य निर्वाचन कार्यालय गोरखाका मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले बताए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका आलेले ४०२ मत प्राप्त गरेको मुख्य पनि निर्वाचित अधिकृत रानभाटले जानकारी दिए ।
त्यस्तै नेकपा एमालेकी उमेद्वार दुर्गामाया राना थापाले ३४५ मत प्राप्त पाएकी छिन ।
कुल २ हजार २२५ मतदाता रहेको उक्त वडामा १ हजार ३७३ मत खसेको थियो । खसेको मतमध्ये १८ मत बदर भएको छ ।
हिजो सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पाट्रीका मंगलबहादुर थापाले ८२ मत, राष्ट्रिय प्रजातन्त्र पाट्रीका कमला रानाले १२ मत, नेपाल समाजबादीका रूपेश मग्रातीले १० मत, मंगाेल नेशनल अर्गनाइजेशनकी भवानी थापा मगरले ९ मत, राष्ट्रिय प्रजातन्त्र पाट्री नेपालका रुप सिं रानाले ५ मत र नेशनल रिपब्लिक नेपालकी सबिना तामाङले ४ मत प्राप्त गरेका थिए ।
उपनिर्वाचनमा बिभिन्न ९ राजनीतिक दलका ९ जना उमेद्वार प्रतिस्पर्धामा रहेका थिए ।
गत २०७९ वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी हुनुभएका नेकपा एमाले खिलबहादुर रानामगरको निधन भएपछि यस वडामा रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।
त्यस अघि सोही वडामा नेपाली काँग्रेसले वडाध्यक्षमा जितेका थिए ।




















