गाेरखा । गाेरखामा भएकाे उप निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेकाे छ । मुख्य निर्वाचन कार्यालयले दिएकाे जानकारी अनुसार आज भएकाे निर्वाचनमा ६१.७० प्रतिशत मत खसेकाे हाे ।
गाेरखा नगरपालिका-५ काे वडाघ्यक्षकाे लागि भएकाे निर्वाचनमा १ हजार ३७३ मत खसेकाे छ । कुल २ हजार २२५ मतदाता मघ्य १ हजार ३७३ जनाले मतदानमा सहभागिता जनाएकाे कार्यालयले जनाएकाे छ ।
२ मतदान स्थलकाे ३ केन्द्र मघ्य अमराईस्थित शिवशक्ति आधारभूत विद्यालयमा रहेकाे क केन्द्रमा ४६९ र ख मा ४४६ गरी ९१५ जनाले मतदान गरेका थिए । याे केन्द्रमा कुल १ हजार ५०१ जना मतदाताकाे नाम नामावलीमा समावेश थियाे ।
त्यस्तैगरी, स्वाँरास्थित गोरखकाली आधारभूत विद्यालयमा भएकाे मतदान केन्द्रमा ४५८ मत खसेकाे पनि मुख्य निर्वाचन कार्यालयले जानकारी दिएकाे छ । याे केन्द्रमा ७२४ जनाकाे नाम नामावलीमा समावेश थियाे ।


