फाईल तस्बिर
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६,स्थित लोक्पामा आज ढुङ्गा लागेर गंभिर घाइते भएकी स्वास्थ्यकर्मीकाे हेली मार्फत उद्धार गरीएकाे छ ।
चुम्चेतमा रहेको लोक्पा सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत चुमनुब्री गाउँपालिका-३ फिलिम घर भएकी २७ बर्षकी सुजा गुरुङलाई खच्चड गोठालाले खच्चडलाई हानेको ढुङ्गा लागेर गंभिर घाइते भएकी थिइन ।
विहान अन्दाजी १० बजेको समयमा घरबाट स्वास्थ्य कार्यलयतर्फ जाँदै गरेका बेला ढुङ्गा लागेर उनी घाइते भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
घटना भएलगत्तै गाउँपालिकाले जिल्ला प्रसासन कार्यालय गोरखामार्फत समन्वय गरेर घाइते गुरुङलाई हेलिकप्टरबाट उपचारबाट उद्दार गरी उपचारका लागि काठमाडौँ पठाइएको अध्यक्ष लामाको बताए ।
अघ्यक्ष गुरुङका अनुसार घाईते स्वास्थ्यकर्मीकाे छातीमा ढुङ्गा लागेको छ ।.


