गाेरखा । गाेरखा नगरपालिकाको वडाघ्यक्ष पदको मतगणना आइतबार रातीदेखी नै सुरु हुने भएको छ । २ स्थलमा ३ मतदान केन्द्रबाट मतपेटीका आउनासाथ सर्व दलिय बैठक गरेर मतगणना सुरु गरीने मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिए ।
उनका अनुसार गाेरखा नगरपालिकाको वडा नम्बर ५ काे वडा कार्यालयमा मतगणना गर्न सबै तयारी पुरा भएकाे छ । ‘मतपत्रका सबै बाकस आउना साथ सर्वपक्षीय छलफल गरेर गणना सुरु गछाै ’ उनले भने, ‘एउटा पदमा मात्र निर्वाचन भएकाेले गणना भएकाे केही घण्टामा नै मत परिणाम सार्वजनिक हुन्छ । ’
वडाघ्यक्ष पदका लागि भएकाे मतदान केन्द्रमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२ हजार २२५ मतदाता रहेको वडामा दिउँसो २:३० बजेसम्म १ हजार २८० जनाले मत खसेको पनि कार्यालयले जानकारी दिएकाे छ ।
गोरखा नगरपालिका ५ को उपनिर्वाचनमा बिभिन्न ९ वटा राजनीतिक दलबाट ९ जना वडाध्यक्षको प्रतिस्पर्धामा रहेका छन् ।


