गाेरखा । गाेरखा सदरमुकामकाे गाेरखा नगरपालिका-५ काे वडाघ्यक्षकाे लागि भएकाे उप चुनाव शान्ति पूर्ण र उत्साहजन रुपमा भई रहेकाे छ ।
वडाघ्यक्ष खिलबहादुर रानाकाे निधनपछी भएकाे उप चुनावकाे लागि ९ दलकाे ९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
आइतबार बिहान ७ बजेदेखी सुरु भएकाे चुनावमा दिउसाे २:३० बज्दासम्म ४५ प्रतिशत भन्दा माथी मतदान भएकाे मुख्य निर्वाचन कार्यालयले जनाएकाे छ ।
मतदान केन्द्र र मतदाताको सुरक्षाका ब्यवस्था कडा पारीएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । मतदान केन्द्रकाे सुरक्षाका लागि पहिलाे लहरमा नेपाल प्रहरी र दाेस्राे लहरमा शसस्त्र प्रहरी तथा अन्तिम सुरक्षामा नेपली सेना परिचालन गरीएकाे छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गोरखकाली आधारभूत विद्यालयको मतदान केन्द्रमा ७२४ मतदाता रहेका छन् भने शिवशक्ति आधारभूत विद्यालय केन्द्रमा १ हजार ५०१ मतदाता रहेका छन् ।
यस वडामा कुल २ हजार २२५ मतदाता रहेका छन् ।
जेष्ठ नागरिकलाई मतदान केन्द्रसम्म आउजाउ गर्न सवारीकाे ब्यवस्था गरीएकाे छ ।
मतदान केन्द्रमा मतदान गर्न जम्मा भएका मतदाताहरु
शिवशक्ति आधारभूत विद्यालय केन्द्रमा मतदान गर्दै मतदाता
शिवशक्ति आधारभूत विद्यालय केन्द्रमा मतदान गरेर घर तर्फ जादै जेष्ठ नागरिकहरु
मतदान गर्न आएका मतदाताकाे सुरक्षा जाँच गर्दै नेपाल प्रहरी
मतपेटीकामा मतपत्र धेरै भएपछी स्केलले मिलाउदै केन्द्र प्रमुख















