प्रतिकात्मक तस्बिर
गोरखा । आगलागि पिडित गोरखा बारपाकका ओमबहादुर घलेको परिवारलाई आर्थिक सहयोग प्रदान भएको छ । गत मंसिर ३ गते बेलुका बारपाकसुलिकोट गाउँपालिकामा-२ मा रहेकाे घलेकाे घर आगालागीमा परी नष्ट भएको थियो ।
हाम्रो संस्था बारपाक मित्रता समाजले १० हजार, कृष्णप्रसादले ५ हजार सहयोग प्रदान गरीएको हाे । आगालागीमा परी घरमा रहेकाे लत्ता कपडा, अन्नपात, भाँडाकुँडा र नगद ७० हजार जलेर नष्ट भएको थियो ।
आगलागि लगत्तै स्थानीय र प्रहरीको पहलमा आगो नियन्त्रणमा आए पनि घर भने पूरै जलेर नष्ट भएको स्थानीय पुरबहादुर गुरुङले जानकारी दिए ।


