प्रतिकात्मक तस्बिर
गोरखा । गाेरखा घर भएका १ जना मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट ३३० किलो अवैध लागूऔषध गाँजा बरामद भएको छ ।
प्रहरी दिउकाे जानकारी अनुसार गोरखा घर भएका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले ३३० किलो गाँजासहित पक्राउ गरेको हो ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको प्र ३–०१–०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी बोलेरो चालक मियाँलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोल्हवी र सशस्त्र बेश कोल्हवीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेकाे उनलाइ आवश्यक अनुसन्धानका लागि प्रहरीलाइ बुझाएकाे छ ।


