प्रतिकात्मक तस्बिर
गोरखा । करिब १ करोड रुपैयाँ ठगी गरेको आरोपमा गोरखा बक्राङका १ जना पुरुषलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–१ बक्राङका गोपाल थापा भएको काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
राजधानीको बवरमहलबाट पक्राउ परेका थापालाई प्रहरीले जिल्ला प्रहरी परिषर भद्रकाली पठाएको छ ।
थापाले नबिल बैंकको खातामा ९५ लाख रुपैयाँ जम्मा गरेको डिपोजिट स्लिप देखाएर चन्द्रागिरी नगरपालिका–२ बाड भञ्ज्याङको कित्ता नम्बर २२४ र ४९९ को जग्गा आफ्नो नाममा पास गराएका थिए ।
रकम नभएको चेक मार्फत जम्मा गरिएको उक्त स्लिपबाट कुनै पनि रकम जम्मा नभएपछि आफू पिडित भएकोभन्दै जग्गा पास गर्ने ब्यक्तिले प्रहरीमा उजुरी दिएपछि थापा पक्राउ परेका हुन् ।


