गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाले आज गुठि पञ्चमीकाे अवशरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै आज परेको गुठी पञ्चमीको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।
देशकै प्रसिद्ध धार्मिकस्थल तिर्थ स्थल मनकामना मन्दिरमा बिशेष मेला लाग्ने भएकाले आज (बुधबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले हरेक बर्ष गुठी पञ्चमकीको अबसरमा पालिका भित्र सार्वजनिक बिदा दिदै आएको गाउँपालिकाका निमित्त प्रमुख प्रसाकिय अधिकृत यामबहादुर बृकट्टाले जानकारी दिए ।

२०७४ साल फागुन ६ गतेको गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेर हरेक बर्ष गुठी पञ्चमीको दिन सार्वजनिक बिदा दिने गरेको निर्णय गरेको हो ।
सार्वजनिक बिदाको दिन पालिका भित्र रहेका पालिका मातहतका सरकारी कार्यालय, शैक्षिकसंस्था लगायत बन्द हुने गाउँपालिकाले जनाएको छ ।
आज मनको ईच्छा पुरा हुने मनकामना मन्दिरमा विशेष पूजा अर्चना हुनुका साथै मन्दिर परिषरमा मानिसहरुको ठुलो भिड लाग्ने गर्दछ ।




















