×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

गोरखामा करिब ५०० जनामा स्क्रब टाइफसकाे संक्रमण

  •  गोरखा समाचार
  • मङ्गलबार, मङि्सर ०४, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्ला भित्रको ७ स्थानिय तहमा रहेका करिब ५०० जनामा स्क्रब टाइफसका संक्रमित भेटिएको छ । स्वास्थ्य कार्यालय गोरखाले उपलब्ध गराएको तथ्यांक अनुसार साउनदेखी कार्तिक मसान्तसम्ममा ४८७ जनामा स्क्रब टाइफस देखिएको हो ।

    यो संक्रमण बर्षभरी नै देखिने भएका कारण बाँकी रहेको ८ महिनामा अझै यो संख्या बढन सक्ने स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायणबावु अर्यालले बताए ।

    उनका अनुसार यो संख्या आर्थिक बर्ष २०७९–०८० को तुलनामा ४ गुणा र आर्थिक बर्ष ०८०–०८१ को तुलनामा ३ गुणाले बढी हो ।

    कार्यालयको तथ्यांक अनुसार २०७९–०८० मा १०९ जनामा देखिएको यो संक्रमण पछिल्लो आर्थिक बर्ष ०८०–०८१ म बढेर १६३ जनामा देखिएको थियो । पछिल्लो आवमा देखिएको संख्याभन्दा ४ गुणा बढी गएको ४ महिनामा नै देखिएकोले बाँकी ८ महिनामा यो संख्या बढने निश्चित भएको हो ।

    संक्रमण देखिएका मध्य गोरखा नगरपालिकामा सबैभन्दा बढी छ । यो आवको अघिल्लो ४ महिनामा मात्रै गोरखा नगरपालिकामा २२४ जनामा संक्रमण देखिएको छ ।

    त्यस्तैगरी, आरुघाट गाउँपालिकामा १८१ जना र पालुङटार नगरपालिकामा ५७ जनामा संक्रमण पुष्टी भएको पनि ल्याब टेक्निसियन अर्यालले जानकारी दिए ।

    उता भिमसेन थापामा ११ जनामा, सिरानचोकमा ८ जना र शहिद लखन तथा गण्डकी गाउँपालिकामा ३–३ जनामा यो संक्रमण देखिएको छ ।

    आव २०७९–०८० मा ३ स्थानिय तहमा देखिएको यो संक्रमण आब ०८०–०८१ मा ५ स्थानिय तहमा यो आर्थिक बर्षको पहिलो चौमासिकमा ७ स्थानिय तहमा देखिएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

    जिल्लाको अन्य अजिरकोट, बारपाक सुलिकोट, धार्चे र चुमनुब्रीमा भने यो संक्रमण नदेखिएको पनि कार्यालयले जानकारी दिएको छ ।

    के हो स्क्रब टाइफस र कसरी सर्छ ?

    स्क्रब टाइफस वा बुस टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने रोग हो । यो परजीवीलाई एक प्रकारको माइट (किर्ना वा जुम्रा जस्तो सुक्ष्म कीरा)ले सार्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन । संक्रमित माइटले मानिसलाई टोक्दा त्यसको रर्यालमा भएको खतरनाक जीवाणु रगतमा फैलिन्छ ।

    स्क्रब टाइफस संक्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । स्क्रब टाइफसको जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थीहरू सुन्निने लक्षणहरू देखिन्छन् । यसको समयमै उपचार नगरे विभिन्न अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्यु समेत हुने गर्दछ ।

    संक्रमणबाट जोगिन माइटको टोकाइबाट बच्नुपर्ने पर्छ । खेतबारी, बुट्यान, जङ्गलतिर जाने व्यक्तिलाई पनि संक्रमण हुने सम्भावना रहने हुन्छ । घरभित्र मुसा भएको अवस्थामा पनि संक्रमणको जोखिम हुन्छ । स्क्रब टाइफसको संक्रमणबाट किसानहरू बढी पीडित भएको पाइन्छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, मङि्सर ०४, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.