गोरखा । चितवनकाे फिस्लिङमा आज ग्यास बुलेटले ठक्कर दिदा गोरखाको गण्डकी गाउँपालिका-६, भुम्लिचोक आग्रीडाँडाकी १ जना महिलाको ज्यान गएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका, ३ फिस्लिङमा ग्यास बुलेटले ठक्कर ४५ वर्षिय सीता चेपाङ ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेकाे हाे ।
मुग्लिनबाट काठमाडौ तर्फ जादैँ गरेको ग्यास बुलेटले मध्यान्ह करिब १२ बजे चेपाङलाई सडक किनारमा हिडिरहेको बेला ठक्कर दिएको थियो ।

उद्कोद घटनास्थलमै मृत्यु भएको मुग्लिन प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनापछि स्थानीयबासीले करिब आधा घण्टा पृथ्वीराजमार्गमा सवारी साधन अबरुद्ध गरेका थिए ।
मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनेसहमति पछी अवरुद्ध सडक सूचारु भएको पनि प्रहरीले जानकारी दिएकाे छ ।


