प्रतिकात्मक तस्बिर
गाेरखा । गाेरखाका अनिल भट्ट अवैध लागूऔषध ब्राउनसुगर राजधानीकाे नागढुङ्गाबाट पक्राउ परेका छन् । उनलाई प्रहरीले चन्द्रागिरी नगरपालिका-२ काे नागढुङ्गाबाट २० ग्राम ब्राउनसुगर पक्राउ गरीएको प्रहरीले जनाएकाे छ ।
गोरखा नगरपालिका-१४ बस्ने २५ वर्षीय भट्ट सहित मोरङ बेलवारी नगरपालिका-५ बस्ने २१ वर्षीय टेक बहादुर पुरी पनि पक्राउ परेकाे नागढुङ्गा प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौंतर्फ जादै गरेको बा.प्र ०३-००१ ख २९९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाइ प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।


