प्रतिकात्मक तस्बिर
गोरखा । गोरखा सदरमुकाममा जुवा खेल्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–६ को सतिपिपलबाट प्रहरीले उनीहरुलाई गएराती १० बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार जुवामा कौडा खेल्नेहरु राजु श्रेष्ठ, शंकर बिक, सुमन परियार, भुगोल कोईराला, राम बहादुर मालबुल, मनोज श्रेष्ठ, किसान बहादुर गुरुङ, नविन थापा, विनोद कोईराला, ढाल बहादुर राना, निम बहादुर घले र दिपेश सुनार पक्राउ परेका हुन् ।
गाेरखा प्रहरीले जुवाडेसंग बरामद गरेकाे काैडा र नगद रकम
प्रहरीले उनीहरुको साथबाट सोमबार राती नै १ लाख १५ह जार ३८० रुपैयाँ सहित कौडा खेल्न प्रयोग गरेको काठको बोर्ड र १८ थान कौडा बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई आज (मंगलबार) जुवा सम्वन्धी कसूर शिर्षकमा मुद्वा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेको सूचना अधिकारी सुवेदीले बताए । पक्राउ परेका सबैलाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको पनि उनले जानकारी दिए ।



