प्रतिकात्मक तस्बिर
गोरखा । गोरखा तर्फको त्रिशुली नदीमा १ जना बेवारिसे महिलाको शव फेला परेको छ । शव शहिद लखन गाउँपालिका–४ को फेवाटार स्थित त्रिशुली नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार उक्त शव हिजो आइतबार बिहान ११ः१० बजे फेला परेको हो । नामथर, वतन खुल्न नसकेको उक्त महिलाको उमेश २० देखी २५ वर्षको भएको अनुमान प्रहरीले गरेको छ ।
गोरखा प्रहरीले आवश्यक कानूनी प्रकृया पुरा गरेर महिलाको शव गोरखा सदरमुकाममा रहेको गोरखा अस्पतालको शव गृहमा ल्याएर राखेको छ । महिलाको शव फेला परेको बारेमा देशैभरका प्रहरी यूनिटमा जानकारी गराईएको पनि सूचना अधिकारी सुवेदीले जानकारी दिए ।




















