गोरखा । केही दिन अगाडी असामयिक निधन भएका माओवादी केन्द्रका जिल्ला समन्वय समितिका सदस्य बिपिन ढकालको आज अन्तिम बिदाई गरीएको छ ।
गोरखा नगरपालिका–८ रानीबन घर भई हाल गोरखा नगरपकालि–६ को गोरखा अस्पताल मार्गमा ब्यवसाय गर्दै आएका ढकालले केही दिन अगाडी आत्माहत्या गरेका थिए ।
माओवादी केन्द्र गोरखाका ईन्चार्ज अमर तमुले पार्टीको झण्डा ओडाएर आज एक कार्यक्रम बिच गोरखा र तनहुँको संगम स्थलमा रहेको रामशाह घाटमा ढकाललाई बिदाई गरीएको हो ।
साविक श्रीनाथकोट गाउँपालिका घर भएका ढकालले सुरुदेखी नै नेकपा एमालेमा रहेर सक्रिय राजनिती थालेका थिए । गाउँपालिकाको वडाध्यक्षको कार्यकाल सकेर सदरमुकाम आएका उनले यूवा संघको सचिव, नेकपा एमालेको जिल्ला कमिटी सदस्य, किसान महासंघको अध्यक्ष तथा जसपामा प्रवेश गरेर भूमी आयोगमा सदस्य समेत भएका थिए ।
प्छिल्लो समय माओवादी केन्द्रमा प्रवेश गरेका ढकाल माओवादी केन्द्र जिल्ला समन्वय समिति गोरखाका सदस्य रहेको जिल्ला सचिव अकुर तिमिल्सिना ‘आयाम’ले बताए ।
गोरखा अस्पताल नजिकै रहेको भूगोल थापाको घरमा तरकारी तथा फलफूल ब्यवसाय गर्दै आएका उनी परिवार सहित सोही घरमा बस्दै आएका थिए । २२ गते बिहीबार मध्यराती श्रीमतीलाई पिसाब लाग्यो भनेर सुत्ने कोठा बाहिर निस्कीएका उनी धेरै बेरसम्म पनि नआएपछी श्रीमतीले खोज्न जादाँ सोही घरभित्र डोरीमा झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
कान्छी छोरी जापानबाट हिजो मात्र गोरखा आएपछी आज बिहान उनको शवको पोष्टमार्टम गरेर अन्त्यष्टी गरिएको हो ।
ढकालको राजनैतिक पृष्ठभूमी
नेकपा एमाले रहदा
- २०५४ सालमा तात्कालिन श्रीनाथकोट गाउँपालिकाको वडाध्यक्ष
- २०५७ सालमा प्रजातान्त्रिक यूवा संघको जिल्ला सचिव
- २०६१ सालमा अखिलको जिल्ला अध्यक्ष
- नेकपा एमाले जिल्ला कमिटी सदस्य
- एमाले निकट किसान महासंघको जिल्ला अध्यक्ष
- जिल्ला खेलकुद बिकास समिति गोरखाको उपाध्यक्ष
जसपामा रहदा
- जनता समाजबादी पार्टीको जिल्ला सचिव
- जसपाको कोटाबाट भूमि आयोग गोरखाको सदस्य
माओवादी केन्द्र
- माओवादी केन्द्र जिल्ला समन्वय समितिको सदस्य


