गोरखा । गोरखा समुकाममा भए भएको भलिवल खेलमा बानियाँ टोल बिकास संस्थाले जित हात पारेको छ । प्रथम स्व.दिवाकर बानियाँ स्मृती नक आउट भलिवल प्रतियोगितामा बानियाँ टोल बिकास संस्थाले जित हात पारेको हो ।
गोरखा नगरपालिका–४ अन्तरर्गत रहेको फिनाम टोल बिकास संस्थाको आयोजनामा भएको भलिवल प्रतियोगितामा हिले खर्च टोल बिकास संस्था उप बिजेता भएको छ । सोही प्रतियोगितामा बानियाँ टोल बिकास संस्था (ख) ले तेस्रो स्थान प्राप्त गरेको आयोजक संस्थाले जानकारी दिएको छ ।
दिपेन्द्रबहादुर खड्काको आर्थिक सहयोगमा सम्पन्न खेलमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश.१३, ७ र ४ हजार नगद सहित मेडल र ट्रफि प्रदान गरीएको छ ।
कार्तिक १५ र १६ गते फिनामको ठुलो चौर स्थित खेलकुद मैदानमा भएको प्रतियोगिता आयोजक संस्थाका अध्यष डम्बरबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न भएको थियो ।
जिल्ला खेलकुद बिकास समितिमा अध्यक्ष कृण्णसिंह बस्नेत (शान्त) को प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा सदस्य रोशन बानियाँ, गोरखा नगरपालिका–४ का निमित्त वडाध्यक्ष जमिल मियाँ तथा स्थानिय सुर्यबहादुर बानियाँ, रामबहादुर थापा, टेकजंङ थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
प्रतियोगितामा ८ समूहको सहभागिता रहेको पनि आयोजक संस्थाले जानकारी दिएको छ ।



