गाेरखा । गाेरखा सदरमुकाममा नेपाल संवत् ११४५ काे अवशरमा बाजागाजा सहित नगर परिक्रममा गरीएकाे छ ।
नेवा: मिसा दवू र नेवा: देय् दवू जिल्ला कार्य समितिकाे संयुत्त आयाेजनामा नेवार जातीकाे विभिन्न झाँकी सहितकाे र्यालीले नगर परिक्रममा गरेकाे हाे ।
गाेरखा नगरपालिका-६ काे रानीपाेखरी परिषरबाट सुरु भएकाे बाजागाजा सहितकाे र्यालीले पदेली-ठुलाे आँगन-तिनधारे-गणेशपाटन बजार-पाटेचाैर-गाेरखा अस्पताल-चालिसे चाेक-कालिमाटी बजार-शक्ती चाेक-बैंक राेड-पुरानाे बसपार्क हुदै पुन: रानीपाेखरीमा गएर समापन गरीएकाे थियाे ।
र्यालीमा धिमे बाजा, लाखे तथा अन्य नेवारी बाजा सहित समावेश गरीएकाे वा: देय् दवू जिल्ला कार्य समिति गाेरखा अघ्यक्ष देवीबहादुर श्रेष्ठले जानकारी दिए ।
































