गोरखा । गोरखा प्रहरीले अपाङ्गता भएकी महिलालाइ बलात्कार गरेको आरोपमा १ जना युवकलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ का बर्ष २७ का सुनिल परियार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
्
उनका अनुसार असोज २७ गते दिउसो १२ बजेको समयमा परियारले शारीरिक तथा मानसिक रुपमा अपाङ्गता भएकी महिला बर्ष ३६ की नाम परिवर्तित ‘च कुमारी’लाई फकाई फुलाई घर नजिकै रहेको जङ्गलमा लगी बलात्कार गरेको आरोप पक्राउ गरीएको हो ।
घटना पछी पिडित परिवारकाले किटानी जाहेरी दिए लगत्तै आरोपित परियारलाई प्रहरीले कार्तिक १२ गते सोमबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई मंगलबार जबरजस्ती करणी कसूर शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गराएको छ ।
आरोपितलाई प्रहरीले आफ्नै हिरासतमा राखेर अनुसन्धान थालेको सूचना अधिकारी सुवेदीले बताए ।



