गोरखा । आज साँझसम्मै गोरखा बजार र वरपरकाे क्षेत्रमा बिद्युत अबरुद्व हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण, गोरखा वितरण केन्द्रले मर्मत संभारका लागि भन्दै सूचना जारी गरेर बिद्युत अबरुद्व हुने जनाएको हो ।
केन्द्रले जारी गरेकाे सूचनामा ‘शनिबारको दिन आँबु खैरेनीदेखी गोरखासम्म प्रशारण हुने घघ के.भि.लाईनको आसपासमा रहेका रुखका हाँगाबिगा काटने तथा लाईन मर्मत गर्ने कार्य तालिका भएकाले उक्त दिन बिहान ७ः३० बजेदेखी अपराहन्न ५ बजेसम्म गोरखा सब–स्टेशनबाट सप्लाई भएका नयाँबजार, खोप्लाङ तथा महेन्द्रज्योति फिडरबाट बितरण गरिएका स्थानहरुमा बिद्युत सेवा अबरुद्व हुने’ भनिएको छ ।
मर्मत संभारकालागि काटिने बिद्युतबाट गोरखा नगरपालिकाको सबै भाग, पालुङटार नगरपालिकाको खोप्लाङ, मिरकोट लगायतका केही स्थानहरु, भिमसेन थापा गाउँपालिकाको सबै भाग, सिरानचोक गाउँपालिकाको छोप्राक र गाँखु लगायतका केही स्थानहरु, शहिद लखन गाउँपालिको बुंकोट, नामजुङ तथा अन्य केही स्थान र बारपाक सुलिकोट गाउँपालिकाको पन्द्रुङ, पाँचखुवा देउराली, ताकुकोट र ताकुमाझ लाकुरीबोट तथा वरपरका केही स्थानमा बिद्युत अबरुद्व हुने गोरखा वितरण केन्द्रका प्रमुख चिजबहादुर गुरुङले जानकारी दिए ।
उनले समय अगावै कार्य सम्पन्न भएको खण्डमा तत्कालै बिद्युत सप्लाई सूचारु गरिने तथा मौसम प्रतिकुल भएको खण्डमा बिद्युत सेवा अवरुद्व नहुने पनि बताए ।
गोरखा बजारमा रहेको बितरण केन्द्रबाट ३ वटा फिडर बन्द गर्दा करिब २० हजार ग्रहाकको घरमा बिद्युत अबरुद्व हुने बितरण केन्द्रले जनाएको छ ।


