गोरखा । भोली शनिबार दिउसो गोरखा जिल्लाको विभिन्न क्षेत्रमा बिद्युत अबरुद्व हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण, गोरखा वितरण केन्द्रले आज सूचना जारी गर्दै बिद्युत लाइन काटेर मर्मत गर्न लागेको जनाएको हो ।
जारी सूचनामा ‘शनिबारको दिन आँबु खैरेनीदेखी गोरखासम्म प्रशारण हुने घघ के.भि.लाईनको आसपासमा रहेका रुखका हाँगाबिगा काटने तथा लाईन मर्मत गर्ने कार्य तालिका भएकाले उक्त दिन बिहान ७ः३० बजेदेखी अपराहन्न ५ बजेसम्म गोरखा सब–स्टेशनबाट सप्लाई भएका नयाँबजार, खोप्लाङ तथा महेन्द्रज्योति फिडरबाट बितरण गरिएका स्थानहरुमा बिद्युत सेवा अबरुद्व हुने’ भनिएको छ ।
मर्मत संभारकालागि काटिने बिद्युतबाट गोरखा नगरपालिकाको सबै भाग, पालुङटार नगरपालिकाको खोप्लाङ, मिरकोट लगायतका केही स्थानहरु, भिमसेन थापा गाउँपालिकाको सबै भाग, सिरानचोक गाउँपालिकाको छोप्राक र गाँखु लगायतका केही स्थानहरु, शहिद लखन गाउँपालिको बुंकोट, नामजुङ तथा अन्य केही स्थान र बारपाक सुलिकोट गाउँपालिकाको पन्द्रुङ, पाँचखुवा देउराली, ताकुकोट र ताकुमाझ लाकुरीबोट तथा वरपरका केही स्थानमा बिद्युत अबरुद्व हुने गोरखा वितरण केन्द्रका प्रमुख चिजबहादुर गुरुङले जानकारी दिए ।
उनले समय अगावै कार्य सम्पन्न भएको खण्डमा तत्कालै बिद्युत सप्लाई सूचारु गरिने तथा मौसम प्रतिकुल भएको खण्डमा बिद्युत सेवा अवरुद्व नहुने पनि बताए ।
गोरखा बजारमा रहेको बितरण केन्द्रबाट ३ वटा फिडर बन्द गर्दा करिब २० हजार ग्रहाकको घरमा बिद्युत अबरुद्व हुने बितरण केन्द्रले जनाएको छ ।



