साँकेतिक तस्बिर
गोरखा । गोरखा सदरमुकाममा ब्यवसाय गर्दै आएका सुवासबावु श्रेष्ठ अर्थात सुन्दरलाई कुटपिट गर्ने तिनै जना युवाहरु पक्राउ परेका छन् । कार्तिक ४ गते राती आफ्नै घर आँगनमा बसीरहेका उनलाई नचिनेको युवाहरुको एक समूहले उनलाई निर्धात कुटपिट गरेका थिए ।
प्रहरीले सोही राती गोरखा नगरपालिका–७ का बर्ष २६ का मनिष गुरुङलाई पक्राउ गरेको थियो भने कार्तिक ५ गते अन्य २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र सुवेदीले जानकारी दिए ।
उनका अनुसार घटना भएको भोलीपल्ट घटनामा संलग्न भएको आरोपमा गोरखा नगरपालिका–५ का बर्ष २७ का अनिष ठकुरी र गोरखा नगरपालिका–६ का बर्ष २६ का सुब्बा गुरुङ पक्राउ परेका हुन् ।
पिडित ब्यवसायी श्रेष्ठले दिएको निवेदनका आधारमा उनीहरुलाई पक्राउ गरीएको सूचना अधिकारी सुवेदीले बताए ।
पक्राउ परेका तिनै जना बिरुद्व अभद्र ब्यवहार शिर्षकमा मुद्वा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
ति युवाहरुले कुटपिट गर्दा श्रेष्ठको बायाँ आँखा माथी गंभिर चोट लोगेको र शरिरको अन्य भागमा समेत चोट देखिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठमाथी ति युवाहरुले कार्तिक ४ गते आइतबार राती ८ः४५ बजेको समयमा आफ्नै घरको आँगनमा बसी रहेको बेला एक्कासी कुटपिट गरेका थिए ।


