गोरखा । गोरखा बजारमा ब्यवसाय गर्दै आएका १ जना ब्यवसायीलाई नचिनेको समूहले कुटपिट गरेका छन् । कुटपिटबाट गोरखा नगरपालिका–७ नयाँ बजार निवासी सुवासबावु श्रेष्ठ (सुन्दर) घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आइतबार राती ८ः४५ बजेको समयमा घर बाहिर बसी रहेका श्रेष्ठलाई नचिनेको ४ जनाको समूहले एक्कासी हातपात गरेका थिए । घाईते श्रेष्ठको दाहिने आँखामा गंभिर चोट लाग्नुका साथै शरिरको विभिन्न भागमा चोट पटक देखिएको छ ।
कुटपिटमा संलग्न मध्ये १ जनालाई प्रहरीले हिजै राती पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–७ नयाँ बजार निवासी २६ बर्षका मनिष गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बासु पाठकले बताए । कुटपिटमा संलग्न अन्य ३ जनाको खोजी गरी रहेको पनि उनले जानकारी दिए ।
घाईते श्रेष्ठको गोरखा अस्पतालमा सामान्य उपचार पछी हिजै राती डिस्चार्ज गरीएको र थप उपचारको लागि चितवन लाने तयारी भई रहेको पारीवारीक स्रोतले जानकारी दिएको छ ।
नचिनेको युवाहरुको समूहले मादक पदार्थ सेवन गरेर आएको र आफु घर बाहिर स्थानिय संग गफ गरीरहेको अवस्थामा एक्कासी कुटपिट गरेको पिडित श्रेष्ठले बताए । ‘म औषधी लिएर घर बाहिर साथी संग कुरा गर्दै थिए’ उनले भने ‘बाहिर बस्ने को हो भनेर थर्काए । मैले केही भन्न नपाउदै उनीहरु सबैले आक्रमण गरे ।’
आफुलाई कुटपिट गर्दा हारगुहार गर्दा श्रीमती र छोरीलाई समेत हातपात गर्ने प्रयास उक्त समूहले गरेका थिए । कुटपिटमा संलग्न कुनै पनि युवाहरुलाई आफुले पहिले नचिनेको पनि पिडीत श्रेष्ठले बताए ।
पिडित ब्यापारीले बिगत लामो समयदेखी भाडावर्तनका साथै पेय पदार्थको ब्यवसाय गर्दै आएका छन् ।
कानूनी लडाईमा सहयोग गछौ : अध्यक्ष गोरखा उद्योग बाणिज्य संघ
यता आफ्ना ब्यवसायी कुटपिट गरेकोमा गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठले आपत्ती जनाएका छन् । उनले ब्यवसायी माथि हुने कुनै पनि प्रकारको दुरब्यवहारको संघले मुक दर्शक भएर नबस्ने बताए ।
पहिले हामी प्रहरीले यो समस्याको समाधान कसरी गर्छ भनेर हेर्दै छौ । न्याय नपाए हामी कानूनी कारवाही र पिडितलाई उचित क्षतीपूर्तीको लागि छुट्टै ढंगले लड्ने उनले बताए ।
कर्मचारी कुटिनु गलत : गोरखा नगरपालिका मेयर रानामगर
पिडित गोरखा नगरपालिकाका कर्मचारी समेत हुन् । उनको घटना सार्वजनिक हुने बित्तिकै गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरले समेत आपत्ती जनाए ।
‘घर बाहिर बसेका हाम्रा कर्मचारीलाई बिना कारण कुटपिट गरीएको छ’ उनले भने ‘ प्रहरीले तत्कालै पिडकलाई पक्राउ गरेर कानुनी कारवाही गर्न हाम्रो माग छ ।’


