गोरखा । आफुलाई पत्रकार बताउने गाेरखाका अश्विन दानीलाई प्रहरीले राजधानीबाट पुन: पक्राउ गरेकाे छ । पत्रकारकाे आवरणमा आपराधिक लाम लिएको आराेपमा दानीलाई प्रहरीले मगलबारबार राजधानीकाे कपनबाट पक्राउ गरेकाे हाे ।
प्रहरीले दानी माथि डर त्रास देखाएर रकम माग गरेको जाहेरीकाे आधारमा पक्राउ गरेकाे उपत्यका अपराध अनुशासन कार्यालय, टेकुले जनाएकाे छ । दानी बिरुद्ध नुवाकोटका चन्द्रबहादुर तामाङले जाहेरी दिएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीको सचिवालयमा रहेर काम पनि गरिरहेका दानी गोरखा नगरपालिका–३ नारेश्वरका हुन । उनी मन्त्री अरुण चौधरीका प्रेस सल्लाहकार समेत हुन ।
प्रेस चौतारी गोरखाका अध्यक्ष समेत बनेका उनी पछिल्लोसमय रन्जिता श्रेस्त को नागरिक उन्मुक्ति पाट्री निकट पत्रकारकाे केन्द्रीय अध्यक्ष समेत हुन ।
गत चैतमा मुगा माला सहित पक्राउ परेका उनी धरौटीमा रिहा भएका थिए । दानीलाई हिजै मुद्दासहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ ।
दानीले केही समय गाेरखामा रहेर पत्रकारीता गरेका थिए ।





















