गोरखा । गोरखामा १३ मोतियाबिन्दु भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरेको हाे ।
जिल्ला भित्रका बिभिन्न पालिकामा भएकाे मोतियाबिन्दुको शल्यक्रिया शिविर मार्फत उनीहरुकाे शल्यक्रिया गरीएकाे केन्द्रका प्रशासकीय अधिकृत बिश्वप्रकाश अर्यालले जानकारी दिए ।
शल्यक्रिया गरिएका मध्ये ६ जना महिला र ७ जना पुरुष भएकाे उनले बताए । केन्द्रले गोरखा र पालुङटार नगरपालिका, बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिकामा आँखाका बिरामीको शल्यक्रिया शिविर सञ्चालन गरेको थियाे ।
शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामीलाई आवश्यकताका आधारमा केन्द्रमा ल्याएर समेत उपचार गर्ने गरिएको प्रशासकीय छ । लायन्स सेवा केन्द्रले जिल्ला भित्रका बिभिन्न समुदाय र विद्यालयमा समेत पुगेर समयसमयमा समुदायस्तरमा निःशुल्क आँखा जाँच, औषधी उपचार तथा चस्मा वितरण गर्दै आएको छ ।




















