गोरखा । गोरखा सदरमुकाममा हिजो भएको क्रेन दुर्घटनामा परी ज्यान गुमाउने र कम्पन्नी बिच क्षतिपुर्तीको बिषयमा छलफल भईरहेको छ । गोरखा नगरपालिका–१० को हुल्चेमा आइतबार भएको दुघर्एटनामा परी बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–१९ बस्ने १९ बर्षिय प्रिन्स अन्सारीको ज्यान गएको थियो ।
उक्त स्थानमा निर्माणाधिन अविनाश अर्वाएकर प्रा.लि.को ह्याचरी हाता भित्रै एक स्थानबाट अर्को स्थानमा क्रेन लाने क्रममा ब्रेक फेल हुदा अन्सारीको च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
ज्यान गुमाएका पिडित पक्ष र ह्याचरी बिच क्षतिपुर्तीको बारेमा गोरखा बजारमा छलफल भएको उनले जानकारी दिए । मृत्तक अन्सारीको केही बेरपछी गोरखा अस्पतालमा पोष्र्टमाटम हुने पनि उनले जानकारी दिए ।
सहमती पछी मृत्तकको शव उनका आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । घटना घटे लगत्तै मृत्तकका आफन्त हिजै गोरखा आएका थिए ।
घटनामा संलग्न बा. २ क ४९८६ नम्बरको क्रेनका चालक पर्सा जिल्ला विरगञ्ज महानगरपालिका–३० बस्ने २४ बर्षका अजहर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
मृत्तक अन्सारीको हिजै गोरखा अस्पतालमा रहेको शव गृहमा राखिएको पनि सूचना अधिकारी शर्माले बताए । मृत्तक अन्सारीलाई हुलास कम्पनीले कामदारका रुपमा ह्याचरीमा पठाएको थियो ।





















