प्रतिकात्मक तस्बिर
गोरखा । गोरखा सदरमुकामको हुल्चे फाँटमा क्रेनले च्यापेर १ जना पुरुषको ज्यान गएको छ । ज्यान गुमाउनेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–१९ का १९ बर्षिय प्रिन्स अन्सारी भएको पुष्टी भएको छ ।
गोरखा नगरपालिका–१० को हुल्चे फाँटमा निर्माणाधिन अविनाश अर्वा एकर ह्याचरी भित्र क्रेनले च्याप्दा अन्सारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।
दिउसो १२ः३० बजे भएको उक्त घटना लगत्तै अहिले प्रहरीको टोली घटना स्थलमा पुगेको र मृृत्तकको शव निकाल्ने तयारी भई रहेको छ ।
ह्याचरी भित्रै एक स्थानबाट अर्को स्थानमा क्रेन लाने क्रममा ब्रेक फेल हुदा अन्सारी च्यापिन गएर ज्यान गएको ह्याचरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेकाे क्रेन
ज्यान गुमाउने अन्सारी हुलास कम्पनीबाट ह्याचरी निर्माणका लागि आएको बुझीएको छ ।
क्रेनका चालक पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका–३० का २४ बर्षिय अजहर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्रेनको नम्बर भने अहिलेसम्म खुल्न सकेको छैन ।



