रखा । गाेरखा सदरमुकामकाे ठुलाे आँगनमा आज एक कार्यक्रम बिच राष्ट्रिय झण्डाकाे झण्डोत्तलन गरीएकाे छ । विशेष कार्यक्रमका बिच शुक्रबार बिहान ९:१४ बजे पुरानाे झण्डा निकालेर नयाँ झण्डा हालिएकाे हाे ।
नेपाली सेना रिपुमर्दन गणले ठुलाे आँगनमा रहेकाे राज पृथ्वीनारायण शाहकाे शालिकमा झण्डोत्तलन गरेकाे हाे । झण्डोत्तलन गर्नु पूर्व रिती पूर्वकका पूजा आजा गरीएकाे थियाे ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेकाे शुभसाइत अनुसार नै नेपाली सेनाले शालिकमा झण्डोत्तलन गरीएकाे जनाएकाे छ ।
नेपाली परम्परा अनुसार समितिकाे शुभसाइत अनुसार नै आज देशैभरका राष्ट्रिय झण्डाकाे झण्डोत्तलन (नयाँ फेर्ने) हुने गर्दछ ।


