गोरखा । बाढी र पहिराेमा परी विद्युतकाे पाेल ढले संगै गोरखाको सहिद गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा ५ दिनदेखि विद्युत अवरुद्ध भएको छ ।
सहिद लखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानी जोड्ने झोलुङे पुल बाढीले बगाउदा विद्युत पोलमा समेत क्षति पुगेपछि विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणी अधिकारीले बताए ।
‘‘झोलुङे पुलसंगै विद्युतका ४ वटा पोल बाढीले क्षति पुर्याएको छ, उनले भने, ‘‘पोलमा टाँगिएको सवै तारहरु पनि त्रिशुली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत सूचारु गर्ने तयारी भइरहेको छ ।’’
अवरुद्ध विद्युत सूचारु गराउन क्षति पुगेको विद्युतको पोल मर्मत भइरहेकाे अधिकारीले बताए । ‘‘पोल मर्मतसम्हार र तार नयाँ फेर्ने काम लगभग सकिएको छ, उनले भने, ‘अव तत्कालै बिद्युत सुचारु गर्ने तयारी भइरहेको छ ।’’
विद्युत अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लोटार, तल्लोटार र आसपासका क्षेत्रका बासिन्दाहरु मर्कामा परेका छन् ।
तस्बिर पत्रकार दानबहादुर गुरुङ


