गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गोरखाले केहीदिन अघिको बाढी पहिरोमा परेर गोरखासहित देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
बाढी र पहिरोमा परेर धादिङको झ्याप्लेखोलामा बाढीले गोरखाबाट काठमाडाैं जाँदै गरेको बसमा सवार ५ जनाको दुःखद् निधन हुनुकासाथै जिल्लाभर भएको अन्य भौतिक क्षति प्रति दुःख व्यक्त गरेको हो ।
उक्त विपद्मा परी ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली सहित पार्टीले समवेदना व्यक्त गरेको छ । त्यस्तै सहिद लखन गाउँपालिकास्थित सुगौरा खोलाले बगाउदा एकजनाको ज्यान गएको घटनाले पार्टीलाई स्तव्ध बनाएको उल्लेख गर्दै शोकसन्तव्द परिवारजनमा समवेदना व्यक्त गरेको हो ।
साथै प्राकृतिक विपद्बाट चुमनुब्री गाउँपालिकामा ४ वटा घर, सहिद लखन गाउँपालिकाको ठेउवाटार र धारापनी जोड्ने झोलुङे पुल, मनकामना सिलिङटार र पृथ्वीराजमार्ग जोड्ने झोलुङे पुल, गण्डकी गाउँपालिका–६ हिक्लुङ जोड्ने र पृथ्वीराजमार्ग जोड्ने झोलुङे पुल तथा गण्डकी गाउँपालिका–७ र चरौँदी जोड्ने धवादीघाटको झोलुङे पुललगायतको भौतिक संरचनाको क्षति भएको उल्लेख गर्दै छिटोभन्दा छिटो पुनःनिर्माण गर्न सरकारसंग माग गरेको छ ।
यस्ता क्षतिले जनताको दैनिक जीवनमा प्रत्यक्ष समस्या पारेकाले क्षति पुगेका पुललगायतका संरचना तत्काल पुर्ननिर्माण गर्नुपर्नेमा पार्टीले जनाएको छ ।
त्यस्तै प्राकृतिक विपदमा परेकाहरुको उद्दारमा सहयोग गर्न पार्टीका सवै तहका नेता कार्यकर्ता एवं आम जनसमुदायलाई पार्टीले अपिलसमेत गरेको छ । यहीँ असोज १०, ११ र १२ गते परेको अविरल बर्षापछि गएको बाढी र पहिरोमा परेर गोरखा जिल्लाका भित्रका ५ जनाले ज्यान गुमाएका छन् भने थुप्रै भौतिक संरचनाहरुमा क्षति पुगेको छ ।


