गोरखा । नागढुङ्गाको झ्याप्ले खोलाको पहिरोमा परी ज्यान गुमाएका मध्ये ४ जनाको शव आज गोरखा ल्याउने तयारी गरीएको छ । शवको राजधानीमा रहेको शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सकिएकोले गोरखा ल्याउन लागिएको हो ।
गोरखाको लापुबेशीबाट काठमाडौं गएको ना. ४ ख २२७० नम्बरको यात्रुबाहक बस शुक्रबार राती १० बजे पहिरोमा परेको थियो । बसमा सवार ५ जना मध्ये ४ जनाको मात्र सनाखत भएकोले उनीको शव गोरखा ल्याउन लागिएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिका गणेश बानियाँले बताए ।
उनका अनुसार उक्त बसमा सवार मध्ये बसका चालक तथा सवारी धनी भिमसेन थापा गाउँपालिका–४ धावाका मदन परियार, सह चालक गण्डकी गाउँपालिका–५ दर्बुङका नवराज तिवारी, सोही स्थानका विनय भट्टराई र धार्चे गाउँपालिका–७ खानिगाउँका चुकबहादुर गुरुङको शव आज दिउसो गोरखा ल्याउन लागिएको हो ।
सोही बसमा सवार अन्य ब्यत्तीको पहिचानमा समस्या देखिएपछी ४ जनाको शव मात्र गोरखा ल्याउन लागिएको हो । अर्का ब्यत्ती पनि गोरखाकै हुन सक्ने अनुमान गरिएको छ ।
शव धादिङको बाटो हुदै आरुघाट ल्याएर गुरुङको शव उत्तरी गोरखा पठाउने तयारी भएको पनि प्रालिका बानियाँले जानकारी दिए । चालक, सहचालक र अन्य ब्यत्तीको शव पनि उनीहरुकै घरसम्म लैजाने गरी ब्यवस्था मिलाएको पनि उनले जानकारी दिए ।
पहिचान खुल्न नसकेको ब्यत्ती मृत्तक चुकबहादुर गुरुङको सम्र्पकबाट मुग्लिनबाट सोही बसमा सवार भएको बुझीन आएको छ ।


