गोरखा । गोरखाको शहिदलखन गाउँपालिका–६ सुखौरा खोलाले बगाउदा १ जना वृद्ध महिलाको ज्यान गएको छ । ज्यान गुमाउने महिला शहिदलखन गाउँपालिका–६ अँधेरी बस्ने ७० वर्षीया बालकुमारी श्रेष्ठ भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
खोला किनारामा महिलको शव देखेपछी स्थानियले प्रहरीलाई जानकारी दिएको र प्रहरी अहिले घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।
महिलाको खोला किनारमा आज बिहान ८ बजे फेला परेको हो । ज्यान गुमाउने महिला बुंकोट स्थित स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराएर फर्कने क्रममा उक्त घटना भएको हुन सक्ने सूचना अधिकारी श्रेष्ठले बताए ।




















