गाेरखा । झ्याप्ले खोला पहिराेमा पुरिएका थप १५ जनाको शव निकालिएको छ । भेटिएका शवमध्ये ११ पुरुष र ४ जना महिलाको भएकाे नागढुङ्गा–नौबिसे सडक आयोजनाका परामर्शदाता ईन्जिनियर हरिकृण्ण श्रेष्ठ बताए ।
फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएका र बस नम्बर पहिचान भइनसकेको ईन्जिनियर श्रेष्ठले बताए ।
सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ ।




















