गोरखा । गोरखाबाट काठमाडौं गएको सम्पर्क बिहीन बस झ्यापेखाेला पहिराेमा फेला परेकाे छ । गएको शुक्रबार बिहान राजधानीको लागि यात्रु सहित छुटेको बस आज बिहान झ्यापेखाेलामा पहिराे पन्छाउने क्रममा फेला परेकाे हाे ।
गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिको ना. ४ ख २२७० नम्बरको यात्रुबाहक बस अहिले बिहान ९ बजे पहिराे पन्छाउने क्रममा फेला परेपछी समितिका १ जनाले पुष्टी गरेकाे नागढुंगा-नाैबिसे राेडका परामर्शदाता ईन्जिनियर बिण्णुहरी श्रेष्ठले बताए ।
उनका अनुसार सुरक्षाकर्मीहरुले उक्त बसबाट अहिलेसम्म २ जनाकाे शव निकालिएकाे छ । शवकाे पहिचान हुन बाँकी नै रहेकाे उनले बताए ।
उक्तबस शुक्रबार राती १० बजेदेखी सम्पर्क बिहीन भएको प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।
बस सम्पर्क बिहीन भएपछी झ्यापे खोला पहिरोमा परेको अनुमान गरिएको थियाे ।
उक्त बसमा चालक एवं सवारी धनी मदन परियार र यात्रु धार्चे गाउँपालिका–७ खानी गाउँका चुके गुरुङ रहेको पहिचान खुलेता पनि अन्यको नाम भने खुल्न नसकेको अघ्यक्ष खत्रीले बताए ।


