गोरखा । अबिरल बर्षा पछी अबरुद्व सबै सडक सञ्चालनमा आएको छ । केही दिनको भारी बर्षाका कारण जिल्लाको ४ स्थानमा सडक माथीबाट पहिरो खसरे सडकहरु अबरुद्व भएका थिए ।
अबरुद्व भएको गोरखा नगरपालिका–१२ को सातकिलो भन्ने स्थानको बाटो पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
गोरखा–आँबुखैरेनीको मुख्य सडक माथीबाट पहिरो खस्दा सातकिलोमा बिहानैदेखी सडक अबरुद्व भएको थियो । पहिरो पन्छाए संगै रोकिएका सवै सवारी साधन आ–आफ्नो गन्तब्य तिर गएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै गोरखा–घ्याम्पेशाल सडक अन्तरर्गतको गोरखा नगरपलिका–८ को गैरी चौतारामा सडक माथीबाट खसेको पहिरो समेत पन्छाईएको छ । गोरखा–घ्याम्पेशाल सडककै लाकुरी स्वाराँमा गएको पहिरो समेत पन्छाउने काम सकिएको छ ।
गैरी चौतारा र लाकुरी स्वाराँको पहिरो पन्छाए लगत्तै उक्त सडकमा रोकिएका सबै सवारी साधन पनि सञ्चालनमा आएको छ ।
त्यस्तैगरी, बारपाक जाने सडक अन्तरर्गतको बालुवा क्षेत्रमा गएको पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार अबको केही घण्टामा नै उक्त सडक खण्ड सुचारु हुने र रोकिएको सवारी सञ्चालनमा आउने छ ।
यता बर्षा पछि आएको बाढी र पहिरोका कारण जिल्लाभर के कती क्षती भएको छ भन्ने बारेमा विवरणहरु संकलन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।
तस्बिर ध्रुबप्रसाद धिमिरे





