फाईल तस्बिर
गोरखा । गोरखा सदरमुकामको सुविधा सम्पन्न अस्पताल, गोरखा अस्पतालमा सर्प दंशका बिरामीको उपचार हुन नसक्दा बिरामी समस्यामा पर्ने गरेका छन् ।
सिरानचोक गाउँपालिका–४ छोप्राकको खेपुवाकी ४६ बर्षिया बसन्ता अधिकारीको सर्प दंश सम्वन्धी उपचार हुन नसक्दा उनी समस्यामा परेकी हुन् ।
अधिकारीलाई शुक्रबार दिउसो बाख्रालाई घाँस काट्न जादा हरेउ (हरियो प्रकारको सर्प)ले डसेको थियो । लगत्तै उनलाई खेपुवाबाट शुक्रबार राती नै गोरखा अस्पतालमा उपचारको लागि ल्याएको भएता पनि शनिबार दिउसोसम्म पनि उपचार हुन नसकेपछी समस्यामा परको उनका आफन्त सिताराम तिवारीले बताए ।
‘शुक्रबार राती ८ बजे उपचारको लागी गोरखा अस्पताल ल्याएको राती रगत परिक्षणपछी शनिबार हेरौंला भने’ उनले भने ‘आज उपचारको लागि जादा पुनः रगत परिक्षणपछी बिष रगतमा फैलिन थालेको उपचारको लागी बाहीर जान भन्यो ।’
तिवारीका अनुसार गोरखाबाट नजिक पर्ने चितवन जान होस वा पोखरा र राजधानी नै जान होस सबै सडक मार्ग बन्द भएकोले उपचार समस्या आएको हो । उनका अनुसार अस्पतालले उपचारका लागि आवश्यक एन्टी भेनम यहाँ नभएको भन्दै चितवन जान भनेको हो ।
हामीसंग प्लाज्मा नएर उपचार गर्न बाहिर जानु भन्यौ : मेसु सिदार्थ खनाल
गोरखा अस्पतालमा मेडिकल सुपरिटेन्डेण्ट सिदार्थ खनालका अनुसार अस्पतालमा र रक्त सञ्चार केन्द्रमा प्लाज्मा नभएका कारण सर्प दंशका बिरामीहरुलाई जिल्ला बाहिर पठाउने गरीएको छ ।
सामान्यतया गोरखा जिल्लामा बिषालु सर्प पाइदैन भन्ने कारणले पनि गण्डकी प्रदेशको ४ वटा अस्पतालमा मात्र सर्प दंशको उपचार हुदै आएको उनले बताए ।
‘बिषालु सर्पले टोकेको खण्डमा त्यस्ता ब्यत्तीको शरिरमा भएको रगत पातलो हुने हो’ उनले भने ‘त्यही पातलो रगतलाई बाक्लो बनाउन हामीले प्लाज्पा प्रयोग गर्ने हो । त्यो हामी संग र रक्त सञ्चार केन्द्रमा पनि छैन ।’ सर्पले टोकेको बिरामीलाई बिषालु भएको प्रमाणीत भएका मात्र बाक्लो रगत बनानउ प्लाज्मा प्रयोग गर्ने गरिने पनि उनले बताए ।
सामान्यतया ८० प्रतिशत बिरामीलाई केही गनुनपर्ने र जटिल अवस्था आएमा मात्र उपचार गर्न पर्ने उनको भनाई छ । यहाँ उपचार यहाँ उपचार नहुने भएकै कारण बिरामीलाई जिल्ला बाहिर जान सुझाब दिने गरेको पनि उनले बताए ।
गोरखामा पाइने प्राय सर्प नन भेनम स्नेक पाइने कारणले पनि सरकारी स्तरबाट प्लाज्मा उत्पादनको लागि आवश्यक पर्ने मेशिन प्राप्त नभएको अस्पताल प्रशासलने जानकारी दिएको छ ।


