गाेरखा । केही दिन देखीकाे अबिरल बर्षासंगै गाेरखा-धादिङ र गाेरखा-चितवन जाेड्ने झाेलुङे पुल बगाएकाे छ ।
त्रिशुली नदी बनेकाे गाेरखाकाे शहिद लखन गाउँपालिका-४ काे ठेउवाटार र चितवनकाे धारापानी जाेड्ने झाेलुङे पुल बगाएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रैष्ठले बताए ।
उनका अनुसार त्रिशुली नदी माथीकै गाेरखा-धादिङ र गाेरखा-चितवन जाेड्ने अन्य ३ पुल उच्च जाेखिममा रहेकाे छ ।
जाेखिममा रहेका झाेलुङे पुलहरु मघ्य गाेरखाकाे शहिद लखन गाउँपालिका-३ सिलिङटार र चितवनकाे कुरीनटार जाेड्ने झाेलुङे पुल पनी उच्च जाेखिममा रहेकाे छ ।
त्यस्तैगरी, गाेरखाकाे गण्डकी गाउँपालिका-७ काे धवादीघाट र धादिङकाे राेलाङ र गण्डकी गाउँपालिका-६ काे हिक्लुङ र धादिङ जाेडने अर्काे झाेलुङे पुल समेत उच्च जाेखिममा परेकाे पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
जाेखिममा रहेकाे पुलमा गाेरखा तर्फ प्रहरी परिचालन गरी आवत जावतमा प्रतिबन्ध लगाएकाे पनि उनले बताए । दैनिक जसाे हजाराै सर्बसाधारणले प्रयाेग गर्ने उक्त पुल जाेखिममा पर्दा स्थानिय प्रभावित भएका छन् ।




















