गोरखा । अबिरल बर्षाका कारण सडक माथीबाट खसेकाे पहिराेका कारण गोरखा–आँबुखैरेनी सडकखण्ड अबरुद्ध भएको छ ।
गोरखा नगरपालिका-१२ स्थित सातकिलो भन्ने स्थानमा सडक माथिबाट खसेको ठूलो पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।
आज विहान सडकमाथिबाट सुख्खा पहिरो खसेको उनले बताए । उनका अनुसार सडक एक तर्फी सञ्चालनमा आएकाे भएता पनि दुई तर्फी सञ्चालनमा ल्याउन केही समय लाग्ने छ ।
अबरुद्ध सडक खुलाउन सडक बिभाग तनहुँबाट आएको एक्साभेटर र डोजरले काम गरीरहेकाे छ ।
सडक अबरुद्ध भएपछि आँबुखैरेनी हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने र गोरखा सदरमुकामबाट बाहिरिने सवै सवारी साधनहरु विचमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।




















