गोरखा । आयाेजनाकाे लापर्वाहीका कारण गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधिन सुपर त्रिशुली जलविद्युत आयोजनाको एक्साभेटर र टिप्पर शुक्रबार राती त्रिशुली नदीमा आएको बाढीले बगाएको छ ।
केहीदिनदेखि परेको अविरल बर्षाका कारण नदीमा आएको भीषण बाढीले राती करिब १०ः१० बजे आयोजनाको ३ वटा टिप्पर र २ वटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।
बाढी आउनु पूर्व नै नदीकाे बिचभागमा रहेका केही सवारी साधन वारी तर्फ ल्याइएकाे भएता पनि बाँकी सवारी साधन आयाेजनाले त्यतीकै छाडेका थिए । आयाेजनाले सवारी साधनकाे ईन्स्याेरेन्स दावीका लागी उक्त कार्य गरेकाे हुन सक्ने जानकारहरु बताउछन् ।
सवारी साधन बगाउन थालेपछी पर्याप्त बत्तीकाे ब्यवस्थागरी आयाेजनाले भिडीयाे समेत तयार पारेकाे एक स्थानियले जानकारी दिए ।
बाढीले नदीको बिच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी संगम मग्रातीले जानकारी दिए ।
नदीमा बाढी आउन सक्ने आशंकामा आयाेजना आफैले एक तर्फी बगिरहेकाे त्रिशुली नदीलाई बिचभागबाट खाेलेकाे पिन अर्का एक स्थानियले जानकारी दिए ।
व्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशुली जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणको काम गर्न राखिएको टिप्पर र एक्साभेटर नदीमा आएको बाढीले बगाएको हो ।
त्रिशुली नदीले बगाएकाे आयाेजनाका केही सवारीसाधन । लिकंकमा क्लिक गरी हेर्नु हाेला ।
https://fb.watch/uTiEpDfyPM/




















