गोरखा । सर्वोच्च अदालतले हिजो गोरखाका ४ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । सर्वोच्च अदालतले बिहीबार १५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रधानन्यायाधिब विश्वम्भरप्रसाद श्रेष्ठसहित सर्वोच्च अदालतका सवै न्यायाधीशहरुको हिजो बसेको पूर्ण बैठकले १५९ जनलाई अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
सोही निर्णयले गोरखाका प्रमाणपत्र ४०६३ का केदार ढकाल, ४२५६ का शुभनराज आचार्य, ४२८५ का रामहरी ढकाल र ५२३८ का कपिलचन्द्र पोखरेललाई अधिवक्ताबाट वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको सर्वोच्च अदालतले जनाएको छ ।
सोही बैठकले वरिष्ठ अधिवक्ताको उपाधि पाउने अधिवक्ताहरुमा पूर्वमहान्यायाधिवक्ता डा.दीनमणि पोखरेल, नेपाल बारका पूर्वमहासचिव खम्मबहादुर खाती, डा.भीमार्जुन आचार्य, बाबुराम दाहाल, ज्योति बानियाँ, पूर्णिमा रिमाल गुरागाईं, शान्तिराम खतिवडा, ललितबहदुर बस्नेत, विष्णुमाया भुसाल, राजुप्रसाद चापागाईं, पद्मबहादुर श्रेष्ठ, रामप्रसाद भण्डारी, राजु खड्का, सरिता शर्मा, राजु खड्का लगायत छन् ।



