गोरखा । गोरखा प्रहरीले मान्बुबाट बलात्कार आरोपमा १ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका ब्यत्ती आरुघाट गाउँपालिका–१ मान्बुका २३ बर्षिय बिनोद गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना रमेशकुमार श्रेष्ठले बताए ।
उनका अनुसार पक्राउ परेका गुरुङले स्थानिय ३५ बर्षिया ०८१–०८२ ङ कुमारी नाम परिवर्तनलाई पटक पटक बलात्कार गरेको आरोपमा पक्राउ गरीएको । बिकले ति महिलालाई डर–त्रास, धाक–धम्की दिदै त्यस्तो कार्य गरेको खुल्न आएको हो ।
पिडित महिलालाई गुरुङले गएको जेष्ठ १३ गतेदेखी भाद्र २ गतेसम्म जबरजस्ती करणी गरेको भनी किटानी जाहेरी परे लगत्तै असोज ७ गते प्रहरीले उनकै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका उनलाई असोज ९ गते जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गरी अनुसन्धानका लागि गोरखा जिल्ला अदालतबाट म्याद थप गरीएको र अहिले प्रहरीको हिरासतमा राखी अनुसन्धान थालिएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।



