गोरखा । गोरखा सदरमुकाममा डेंगुको संक्रमण बढेकोभन्दै एक गैरसरकारी संस्थाले सचेतनाको लागि जनचेतना अभियान सञ्चालन गरेको छ । अनपेक्षित रुपमा संक्रमण बढेकोभन्दै लायन्स क्लब अफ गोरखाकालिकाले माईकिङ कार्यक्रम गरेको हो ।
‘सरोकारवाला सरकारी निकायले चासो राखेन’ लायन्स क्लब अफ गोरखाकालिकाकी अध्यक्ष सारदा खत्रीले भने ‘सर्तकताका लागि घरदैलो गरेर सचेतना जगाउने प्रयास गरेका हौ ।’
क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थितमा गोरखा नगरपालिका–६ को ठुलो आँगनबाट सुरु गरीएको अभियानले तिनधारे, गणेपाटन बजार, पाटेचौर, बाेसेपानी, गोरखा अस्पताल, लोकतान्त्रिक चोक, कालिमाटी बजार, शक्तिचोक, बैंक रोड हुदै सदरमुकामको पुरानो बसपार्कमा पुगेर कार्यक्रम समापन गरेको क्लबका सचिव लक्ष्मी श्रेष्ठले जानकारी दिए ।
माईकिङ सहित गरीएको र्यालीमा सबैलाई डेंगु संक्रमण संग बच्न र आवश्यक सर्तकता अपनाउन आग्रह गरिएको थियो ।
क्लबले पहिलो चरणमा गोरखा बजार क्षेत्रमा गरेको उक्त कार्यक्रमलाई आगामी दिनमा ग्रामिण क्षेत्रमा समेत बिस्तार गर्ने योजना बनाएको छ ।


