प्रतिकात्मक तस्बिर
गोरखा । आरुघाट गाउँपालिकाका १ जना पुरुषलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–१० का ३४ बर्षिय रामहरी भण्डारी भएको प्रहरीले पुष्टी गरेको हो ।
भण्डारीले बैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भनेर २ जना पिडित संग १८ लाख ३५ हजार लिएर फरार भए पछी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीलको टोलीले उनलाई पक्राउ गरेको हो ।
हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्दै आएका भण्डारी बिरुद्व पिडितहरुले उजुरी दिए लगत्तै सुन्दरीजलबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।
भण्डारीलाई आवश्यक अनुसन्धान तथा कारावहीको लागि बैदेशिक रोजगार बिभाग ताहचल बुझाएको पनि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।


